file photo

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले एमालेको दशौँ महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय व्यवस्थापन कमिटी समेत गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले हालै सम्पन्न विधान महाधिवेशनको समीक्षा, वडा तथा पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले, अविरल वर्षाका कारण भएको जनधनको क्षति, राहत तथा पुनस्थापना गर्न सरकारलाई आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।