हेटौंडा । हेटौंडामा शुक्रबार जननेता मदन कुमार भण्डारीको ७३औं जन्मजयन्ती मनाईएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरले श्रद्धासुमन अर्पण तथा बृक्षारोपण कार्यक्रम गरेर ७३औं मदन जयन्ती मनाएको हो ।

दिवशका अवसरमा शुक्रबार हेटौंडा–११, शहिद स्मारक स्थित जननेता भण्डारीको शालिकमा माल्यार्पण गरेर श्रद्धा सुमन अर्पण गर्नका साथै स्मारक क्षेत्रमा बृक्षारोपण गरिएको थियो । फाउण्डेसनले यो वर्ष तीन दिवशीय कार्यक्रम गरेर मदन जयन्ती मनाएको हो । फाउण्डेसनले असार १२ गते रत्तःदान कार्यक्रम, असार १३ गते खुल्ला कविता प्रतियोगिता र आज मुख्य दिन असार १४ गते श्रद्धाञ्जली सभा तथा बृक्षा रोपण कार्यक्रम गरेको फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो ।

मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा सुदुर पश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एमाले पोलिटब्युरो सदस्य राजेन्द्र रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रावलले नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि मदन भण्डारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । कार्यक्रममा फाउण्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, एमालेका नेताहरु अनन्त पौडेल, एकालाल श्रेष्ठ, श्रीधर पोख्रेल, बद्री लम्साललगायतकाको आतिथ्यता रहेको थियो ।


