काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को बिस्तार गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले कार्य विभाजनसहित मन्त्रिपरिषद् बिस्तार गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री बन्नुभएको करिब तीन महिनापछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रीहरूको नामावली राष्ट्रपतिसमक्ष आजै सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नवनियुक्त मन्त्रीहरूको आजै शपथ हुने बताइएको छ ।
मन्त्रिपरिषद्को पुरा विवरण

