मकवानपुर । मकवानपुरको बिकट कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष लोकबाहदुर मोक्तानको अध्यक्षतामा सोमबार बसेको १४औं गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको हो ।
१४ औ गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८१ , विनियोजन विधेयक २०८१ उपर छलफल गरी कुल ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष मल्लले प्रस्तुत र्गनुभएको बजेट सर्वसम्मत पारित भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, लगायत समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको छ ।