मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबार बसेको गाउँसभाको सोह्रौँ अधिवेशन बैठकमा अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष वनस्थम थिङले बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष बनस्तम थिङले खर्च तर्फ ३३ कराेड ४१ लाख ६७ हजार ३७७ चालु र पुँजिगत तर्फ २१ कराेड २० लाख ०५ हजार ६२३ गरि कुल ५४ कराेड ६१ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयाे । यस्तै गाउँपालिकाले आम्दानी तर्फ संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार रुपैयाँ र आन्तरिक स्रोत ६ करोड २७ लाख रुपैयाँ हुने अनुमान गरेको छ ।