हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । ४ नम्बर वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठान नेपाल, मकवानपु शाखाको संयुक्त आयोजनामा यहि जेठ ३२ गते शुक्रबार शिविर सञ्चालन हुन लागेको हो ।
आज वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष नविन सिग्देलले ३२ गते बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म रोयल पार्टी प्यालेसमा शिविर सञ्चालन हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सिग्देलले शिविरमा मुटुरोग, हाडनसा र फिजिसियन सेवा प्रदान गरिने जानकारी दिनुभयो । यस्तै स्वास्थ्य शिविरमा निशुल्क ईसिजी, ईको, बल्ड सुगर लेभल, लिपिड प्रोफाईल र दम रोगीको लागि पिएफटी सेवा प्रादान गरिनुका साथै १५ दिनको निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो ।
मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग रहने शिविरमा मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) प्रा. डा. मनोज श्रेष्ठ, सिनियर जनरल फिजिसियन (अल्ट्रासाउण्ड) प्रा. डा. सुमन कर्माचार्य लगायत अन्य फिजिसियन डाक्टरहरुको टोलिले चेकजाँच सेवा प्रादन गर्नुहुने अध्यक्ष सिग्देलले बताउनुभयो ।
शिविर सञ्चालनका लागि नगर टोल विकास सान्वय समिति, मोहन बज्राचार्य शहरी स्वास्थय केन्द्र, भुटनदेवी मावि, रोटरी क्लब अफ हेटौंडा र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्थाकोसमेत सहयोग रहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निर्मला लामा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष विजय बैद्यल, वडासदस्यहरूलगायतकाे उपस्थिती थियो ।