मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बजेट अधिवेशन समेत भनिने बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिने छ । मन्त्रिपरिषदकाे सिफारिसमा प्रदेश प्रमुखबाट गत वैशाख १२ गते राती १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।

बिहीबार बसेकाे मन्त्रीपरिषद्ले गरेका निर्णयहरुः

१. २०८१ वैशाख ३१ गते दिनको १ वजे लाइ प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने 

२. प्रदेश नीति तथा योजना आयोगको सदस्यमा श्री दिपेन्द्र श्रेष्ठलाइ नियुक्त गर्ने 

३. नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०को पहिलो संशोधन स्वीकृत गर्ने 

४. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने 

५. प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद स्थापना हुने स्थान, सङ्गठन तालिका, दरवन्दी तेरिज, कार्यविवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने 

६. वन क्षेत्र प्रयोग तथा रुख कटान गर्ने 

७. कार्यालय स्थानान्तरण गर्ने 

८. खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने