कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनुभएकाे छ । अहिले केही बेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरिएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहुनु भएका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार हुनु भएन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो ।

तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिनुभयाे । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गर्नु भएकाे थियाे । त्यसपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार हुनु भएकाे हाे ।

माओवादी प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार ‘सदनलाई सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुन्छ ।’प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । यो बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी थियो । अब उहाँले राजीनामा दिने तयारी गर्नु भएकाे छ ।