काठमाण्डौं । नेकपा एमालेले किसानले दूध बेचेको रकम भुक्तानीका लागि पहल गर्न र रासायनिक मल समयमै र सहजै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले प्रतिनिधि सभाको आजको वैठकको शून्य समयमा वोल्दै दूध किसानको रकम भुक्तानी गर्न र खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताकालागि सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे ।

No description available.

साँसद वर्तौलाले देशभरका दुध उत्पादककिसानले दूध बेचेको ५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको र मकवानपुरका किसानलाई मात्रै ६० करोडभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने दायित्व सरकारसँग रहेको भन्दै त्यसको भुक्तानीका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयाे । ‘लामो समयदेखि किसानले दूधको मूल्य पाएका छैनन् । देशभर ५ अर्ब रुपैयाँभन्दा बढी दूधको भुक्तानी गर्नुपर्नेछ,’ उहाँले भन्नुभयाे, ‘कृषिमन्त्री ज्यु कहाँ हुनुहुन्छ? यो कृषिप्रधान देश हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। बजेटमा यी समस्या सम्बोधन होस् र दूधको मूल्य भुक्तानी होस् ।’ उहाँले सभामूख मार्फत कृषि मन्त्रीको ध्यानाकर्षण गराउँदै मन्त्रीको पहलकदमी लिन समेत आग्रह गर्नुभयो ।