प्रतिकारात्मक तस्विर

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोलामा मोटरसाइकल दुर्घटना भएको हो ।

हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको लु ३४ प ३६०४ नंबरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्न गई दुर्घटना हुदा मोटरसाइकल चालक चितवन खैरेनी नगरपालिका वडा नम्बर–१ बस्ने नेपाली सेनाका प्युठ २९ वर्षिय यज्ञ बहादुर मगर घाइते भएका हुन् ।

उनको ढाडमा चोट लगोकाले उपचारको लागी काठमाण्डौ छाउनी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो।