हेटौंडा । मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले सोमबार हेटौंडा–९ मा मुठीदान संकलन गरेको छ । हेटौँडा–९ लामसुरेधाप क्षेत्रमा टालविकास समितीलगायत स्थानीय अभिभावकहरुको सहभागितामा मुठीदान संकलन गरिएको हो ।
जसको केही छैन जसको कोही हुदैन उनीहरुकै सेवामा समर्पित आश्रमको मुठीदानमा एकैदिन १० हजार ४२५ रुपैयाँ नगद रकम सहित खाद्यान्न संकलन भएको आश्रमले जनाएको छ । लामसुरेधापवासीहरुले आफ्नो आफ्नो गच्छे र स्वईच्छाले खाद्यन्न, तरकारी लगायत नगद दान गर्नुभएको आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो । हालसम्म कुनै पनि दातृ संघ संस्थाको सर्तसहितको सहयोग स्विकार नगरेको मानवसेवा आश्रम यस्तै उदारमनहरुको मुठीदानबाट संस्था संचालन गर्दै आएको उहाँले बताउनुभयो । मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडामा हाल १९७ जना आश्रृतहरु रहनु भएको छ ।