मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पुननिर्माणको कामलाई मागि खाने भाँडो बनाउन नहुने बताउनुभएको छ । भुकम्प पुननिर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन ईकाईद्धारा हेटौंडामा आज आयोजित वातावरण तथा सामाजिक व्यवस्थापन ढाँचा सम्बन्धी सुझाव संकलन कार्यक्रममा उहाँले पुननिर्माणको काम छिटै सक्नु पर्ने बताउनुभएको हो ।
प्रमुख खुलालले सर्धै भरी पुननिर्माणको काममा अल्झेर बस्न नहुने बताउनुभयो । वातावरण प्रभावलाई कम गरेर लाभग्राहीलाई सहज वातावरणमा अनुदान प्रदान गर्दै पुननिर्माणको काम सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो । पुननिर्माणको कामलाई टुङ्ग्याउनु पर्ने भन्दै प्रमुख खुलालले यस क्रममा कोहि अन्यायमा परे भने राज्यले जुनसकै बेला आफ्नो नागरिकलाई सेवा दिन सक्ने भन्दै यसलाई टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालय मकवानपुरका प्रमुख बिमल किशोर केपीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृतलगायतको सहभागिता थियो ।