हेटौंडा । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपालबीच मैत्रीपूर्ण फुटबल भएको छ । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारकालागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको हो ।
राष्ट्रको लागि र स्वास्थ्यको लागि खेल अनिवार्य भएकोले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयोजना गरिएको हो । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताउनुभयाे ।
मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर भएको छ । प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयाे । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । मैत्रिपूर्ण फुटबलमा युवा संघ ६–० गोल अन्तरले बिजयी भयो ।