मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सरुवा भएर जान लाग्नुभएका मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरलाई विदाई गर्नुभएको छ । प्रमुख खुलालले बुधबार प्रहरी उपरिक्षक राठौरलाई खादालगाएर मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको हो ।

सो अवसरमा जिसस प्रमुख खुलालले मकवानपुरको प्रहरी प्रमुखका रुपमा प्राप्त सहयोगका लागि धन्यवाद दिनुहुँदै आगामी कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रहरी प्रधान कार्यालयले शनिबार निकालेको २२ एसपीको सरुवा सूचीमा मकवानपुरका प्रहरी उपरिक्षक राठौरको प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएको छ ।