हेटौंडा । मकवानपुरकी एक बालिका बलात्कारको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयाे ।
उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिनुभयाे । चार दिन अघि ६ दिनको म्याद थप गरेर अहिले अनुसंधान भइरहेको डिएसपी भण्डारीले बताउनुभयाे । अनुसंधान नसकिएसम्म फेरी अदालतबाट म्याद थप गर्ने उहाँले बताउनुभयाे । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।