मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार बैतडीकी भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ्ग स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले भागरथीको हत्याको विरोध गर्दै दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुले भगरथीको बलात्कारी र हत्यारा तत्काल पत्तालगाइ कानुनी कार्वाही होस् र पिडितलाइ सरकारले न्याय दिओस् भन्ने नारासहित ¥याली निकालेका थिए । विद्यार्थीहरुले भागरथीलाई न्याय तथा हत्यारालाई कारवाहीको माग गर्दै व्यानर तथा प्लेकार्ड सहित ¥याली निकालिएको थियो । विद्यालय परिसरबाट सुरु भएको विरोध ¥याली संगमचोक, पिपलबोट, मेनरोड हुँदै बुद्धचोक पुगेर समापन भएको थियो । बुद्धचोकमा विद्यार्थीहरुले कविता वाचन समेत गरेका थिए । विद्यार्थीको प्रदर्शनलाई विद्यालयका प्रिन्सीपल विनोद सुवेदीलगायत शिक्षकहरु व्यवस्थित गर्न सहयोग गर्नुभएको थियो ।