मकवानपुर– हेटौंडामा शुक्रबार बिहान पद यात्रा गरेर सहिद सप्ताहको शुभारम्भ गरिएको छ । आज देखि माघ १६ गते सम्म मनाईने सप्ताहब्यापी कार्यक्रमको शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री एबम् स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलले शुभारम्भ गर्नुभएको हो ।

हेटौंडाको बुद्धचोकबाट सुरु भएको पदयात्रा करीब ५ किलोमिटर टाढा सहिद स्मारकमा पुगेर समापन भएको थियो । यसैगरी दिवशकै अवसरमा आजै मकवानपुरगढी दरवारमा २५७ औ विजय उत्सव मनाईएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एबम् स्मारक बिकास समितिका सदस्य रघुनाथ खुलालले जानकारी दिनुभयो । सप्ताहब्यापी दिवशका अवसरमा माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने उहाँले बताउनुभयो ।

त्यस्तै माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रीक पार्कको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । माघ १४ गते नै बिभिन्न २० वटा देशका राजदुतहरु समेत कार्यक्रममा सहभागि हुने स्मारक बिकास समितिले जनाएको छ । माघ १५ गते साहित्यीक गजल वाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

सहिद सप्ताहसंगसंगै ‘भीजीट नेपाल २०२०’ सफल पार्न बिभिन्न कार्यक्रमहरुको समेत आयोजना गरीएको छ । मकवानपुरका पर्यटकिय क्षेत्रहरु सहिद स्मारकसंगसंगै कुष्माण्ड सरोबर, मकवानपुर गढि, ईन्द्रसरोवर ताल, दामन भ्युटावर, चित्लाङ भेडा फार्म, भीमफेदी हात्तिसार, हेटौंडाको जुरेथुम, हर्नामाडी मुर्ति बगैचा, मनकामना मन्दिर, अशोक चैत्यलगायत जिल्लाका बिभिन्न धार्मीक तथा अन्य पर्यटकिय गन्तब्यहरुको समेत प्रचारप्रसार गरीने भएको छ ।