हेटौंडा। बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान सुरु भएको हो ।
मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने तथा आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट १५ जना उम्मेदवारहरू रहेका छन् ।