हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला सम्मेलन आयोजक कमिटि संयोजकमा राजेश नगरकोटी चयन हुनु भएको छ । बुधबार हेटौंडामा भएको बिस्तारित बैठकबाट नगरकोटीको संयोजकत्वमा सहसंयोजक सबिन लामासहित ७७ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि चयन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतिको सभाध्यक्षता एवम् राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देबी ज्ञवालीको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल स्रेष्ठ, संघका केन्द्रिय लेखा आयोग सदस्य सन्तोष चौलागाई लगायतको आतिथ्यता रहेको थियो । बिस्तारीत बैठक नेपाल राष्टिय युवासंघका केन्द्रिय सदस्य लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको थियो ।