हेटौंडा । नेपाल राष्ट्रिय उद्यान महासंघको उपाध्यक्ष रघुनाथ खुलालले पर्यटकिय क्षेत्रको संरक्षण, संवर्द्धन र विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–९, स्थित दिव्य बाल उद्यानको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष खुलालले समृद्धिका लागि पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धन आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले समृद्धिका लागि पर्यटनको विकास आवश्यक रहेको भन्दै पर्यटन प्रवद्र्धनका लागि सबैको साथ सहयोग र योजनावद्ध रुपमा काम गर्नुपर्ने समेत बताउनुभयो । बगरबाट सुरू भएको उद्यानको अहिले स्त्तरोन्नति हुँदै गएको र यसको मुहार फेरीदै गएको भन्दै यसको विकास गर्न सके वडाकै विकासमा समेत टेवा पुग्ने भएकाले सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले छोटो समयमा बाल उद्यानमा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्दै गएको भन्दै यसको प्रवद्र्धनका लागि सबैले समन्वय र सहकार्यमा कामहरु गर्नुपर्ने बताउनुभयो । बेतखोल्सी सामुदायिक वनको बगर क्षेत्रमा निर्माण भएको उद्यानमा अहिले स्थानीय तथा बाह्य पर्यटकहरु घुम्न तथा पिक्नीकका लागि समेत आउन थालेका छन् । उद्यानका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो कार्यक्रममा ९ नम्बर वडाका सदस्य कमला पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्टलगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो । संस्थाका सचिव यदुवंश खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।