हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा आजबाट हेटाैंडामा दुइदिने कार्यशाला सुरू भएकाे छ । चाैतारीले अहिलेकाे बदिलदाे परिवेश अनुसारकाे ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला आयोजना गरेकाे हाे ।
आजबाट सुरु भएको कार्यशालाको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयाे । कार्यक्रमकाे उद्घाटन् गर्दै पौडेलले समयसापेक्ष रुपमा पत्रकारहरुले पनी आफुलाई तिखार्न जरुरी रहेको बताउनु भयाे । उहाँले अब यो वा उ संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नु पर्नेमा उहाँले जाेड दिनुभयाे । पहिले एउटा समाचार सुन्नका लागि दुइदिन लाग्ने भएपनि अहिले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको भन्दै उहाँले यो कार्यशाला समयसापेक्ष रहेकाेले यहाँबाट डिजिटल पत्रकारिताका बारेमा केही न केही सिक्नसमेत आग्रह गर्नुभयो ।
कार्यशालामा मुख्य प्रशिक्षकका रुपमा बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेसचौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुस्पराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।