हेटौंडा । हेटौंडामा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयक कार्यशाला गोष्ठी शुक्रबार आयोजना भएको छ । प्रेस युनियन मकवानपुरको आयोजनामा गाेष्ठी भएकाे हाे ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीकाे अध्यक्षतामा भएकाे गोष्ठीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन् गर्नुभएकाे थियाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, आन्तरिक मामिला तथा कानून मन्धालयका सचिब धुर्ब गैडा, सञ्चार रजिष्टारको कार्यलय हेटौंडाका सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयमा छलफल गरिएको छ ।