शभर आज ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ३८ नमूनाको परिक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ३ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित १ जनाको मृत्यु भएको छ । आज २ लाख ३३ हजार ८ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।