मकवानपुर । मकवानपुर जिल्लामा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापित शैक्षिक सहयोग अक्षयकोष मकवानपुरले छात्रबृति वितरणका लागि सूचना जारी गर्ने निर्णय गरेको छ । बिहीबार कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले छात्रबृति वितरणका लागि आगामी माघ २ गते सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
बैठकले छात्रबृति वितरणका लागि आगामी माघ २ गते सूचना प्रकासन गरि माघ मसान्त भित्र आवेदन संकलन गर्ने र प्राप्त आवेदनका आधारमा संख्या यकिन गरि चैत्र ३ गते संस्थाको साधारण सभाका अवसरमा छात्रबृति वितरण गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । संस्थाले यसअघि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई ६४ हजार बराबरको छात्रबृति प्रदान गरेको थियो । बैठकमा कोषको सदस्यता बृद्धिकालागि भएका विभिन्न कृयाकलापका विषयमा छलफल एवम् समिक्षा गर्नुका साथै आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । बैठकले संस्थाको परिमार्जित व्रोसियर तयार गर्ने, छात्रवृति प्रदान गर्ने माघ २ देखि २९ सम्म आवेदन माग गर्ने, २०८० चैत्र ३ गते शनिवार साधरण सभा आयोजना गर्ने र प्रत्येक सदस्यले सदस्य संख्या बढाउन अधिकतम पहल गर्नेलगायतका निर्णय गरेकाे उहाँले बताउनुभयाे । यस्तै बैठकले यस बिचमा सदस्यता लिनु भएका व्यक्ति एवम् संस्थाको सदस्यता अनुमोदन गर्ने निर्णय समेत गरेको उहँँले बताउनुभयो ।