नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताउनु भएकाे छ । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा आज सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्नुभयाे । त्यस अवसरमा लमजुङका खेलमैदान, मध्य पहाडी लोक मार्गका समस्याबारे प्रतिनिधि सभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएकाे थियाे ।