नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ । केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । नेपालीहरूको ठुला चाडहरूको अवसरमा शुभकामना आदान-प्रदान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चियापान कार्यक्रम आयोजना गर्न लाग्नुभएकाे हाे ।











