फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।
नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो । तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ ।
उत्तरी अमेरिकाको बजारमा ५जी उपकरणको मागमा आएको कमीको पूर्ति भारतबाट हुने अनुमान थियो । ‘हामीले भारतमा ५जीको विकासको गति कमी देख्यौँ । यसको अर्थ उत्तरी अमेरिकाको मन्दीको भर्पाइ गर्न पर्याप्त हुन्न’ नोकियाका सिइओ पेक्का लुन्डमार्कको वक्तव्यमा भनिएको छ ।