मकवानपुर – मकवानपुरमा (आज) मंगलबार कोरोना भाइरस संक्रमित भन्दा निको हुने बढी रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४६ जनामा संक्रमण पुष्टि भएकोमा २३६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७८ जनामा र १२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जना गरि कुल १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १७ हजार ३२७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा संस्थागत आईसोलेसनबाट २ जना र होम आइसोलेसनबाट २३४ जना गरि २३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५ हजार ६७१ पुगेको कार्यालयले जनाएको छ । जिल्लामा हाल १ हजार ६२७ जना सक्रिय संक्रमित रहेकोमा होम आइसोलेसनमा १ हजार ६ सय १३ जना र संस्थागत आइसोलेसनमा १६ उपचाररत रहेको कार्यालयले जनाएको छ ।