file photo

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । उद्योग परिसंघ बागमती प्रदेशको साधारण सभा तथा दोश्रो अधिवेसनलाई शनिबार हेटौंडामा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति लिएर अगाडी बढेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशमा उद्योग कालकारकाना स्थापना गरि आत्मनिर्भर बागमती प्रदेश बनाउने नीति प्रदेश सरकनरको रहेको बताउनुभयो । प्रदेश सरकारले उद्योगीको विषयमा छलफल गरेर अगाडी बढ्ने बताउँदै प्रदेशको क्षेत्राकार भित्रका कार्यहरुमा लगानी गरेको दाबी समेत गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई विशेष जोड दिएको भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रीत भएकाले त्यसको अन्त्य गरेर प्रदेश सरकारले व्यसायीक कृषिलाई प्राथमिक्ता दिएको बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग कालकारखाना प्रदेश सरकारको मातहतमा नभएको भन्दै आफु नयाँ सोच लिएर आएको बताउँदै प्रदेश सरकारले डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने नीति निर्माण गर्न लागेको समेत बताउनु भयो । उहाँले सिटिभिटीमा १३ हजार विद्यार्थी उर्तिण भएको तर १३ सय जनाले मात्र पढ्न सिट पाएको भन्दै डाक्टर र नर्स पढाई खुल्ला रुपमा गर्ने समेत बताउनुभयो ।
उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवाल, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, परिसंघ प्रदेश संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, जिल्ला तथा प्रदेश समितिको संयोजक एजाज आलम लगायतको आतिथ्यता रहेको थियो ।