हेटौंडा । उद्योग परिसंघ बागमती प्रदेशकाे अध्यक्षमा लेखराज पोखरेल चयन हुनु भएकाे छ । शनिबार हेटाैंडामा भएकाे दोस्रो अधिवेशन तथा साधारण सभाबाट पाेखरेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध चयन गरिएको हाे ।
समितिको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागत राज प्याकुरेल, दिवश न्यौपाने, सूर्य प्रसाद न्यौपाने चयन हुनुभएको हो । त्यस्तै सदस्यहरु बद्रिनाथ शर्मा,सुयश राज पराजुली, श्रीहरि मास्के, धिरज कुमार कार्की क्षेत्री, शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्र बहादुर बानियाँ, दिवश चौलागाईं, सुदर्शन अधीकारी चयन हुनु भएको छ । परिसंघको पदेन सदस्यहरुमा भने बलराम अधिकारी(सिन्धुली), राजाराम अधिकारी(नुवाकोट), चन्दना कोइराला (महिला उद्यमी मञ्च), अमर घिमिरे (युवा उद्यमी मञ्च) रहनु भएको छ ।
सभामा बागमती प्रदेश महिला उद्यमी मञ्च गठन गरिएको छ । मञ्चको संयोजकमा चन्दना कोइराला चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा सिर्जना सोती, कविता श्रेष्ठ, सबिना सडौला, सीता धिताल अधिकारी रहनु भएको छ । त्यस्तै, बागमती प्रदेश यूवा उद्यमी मञ्चको संयोजकमा अमर घिमिरे चयन हुनु भएको छ । सदस्यहरुमा भने सुरेन्द्र कार्की, रविन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल, आश्विन गोले चयन हुनु भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष भेषराज दवाडीको सभाध्यक्षमा अधिवेसन भएको थियो ।