हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उहाँले यस्ताे बताउनुभएको हो ।
उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रवर्द्धनमा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गर्नुभएको थियो । नेपालको निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको छ । साथै नेपालबाट ८० मुलुकमा हस्तकलाका वस्तुहरू निकासी हुने गरेको छ ।