मकवानपुर । संविधान दिवसको अवसरमा भीमफेदी कारागारका १४ जना कैदीबन्दीले कैद मिनाहा पाएका छन् । संविधान दिवसको अवसरमा सरकारले देशभरका ६ सय ७० जनाको कैद मिनाहा गर्दा भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ६ सहित १४ जनाको कैद मिनाहा भएको हो ।
भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका तथा मंगलबारसम्ममा तोकिएको कैदको ५० र ४० प्रतिशत भुक्तान गरेका, असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएको कारागार प्रशासनले जनाएको छ । थुनामुक्त हुनेमा मकवानपुरका ६ जना, ७ जना अन्य जिल्लाका र १ जना भारतका रहेका कारागारका प्रशासक तिर्थराज पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार ठगी मुद्दामा कारागारमा रहेका हेटौंडा–११ का पुर्णभक्त लामा, डाँका मुद्दाका मकवानपुरगढी– ८ का प्रेम बहादुर स्याङ्तान, चोरी मुद्दाका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह भोलनको कैदा मिनाहा भएको छ । यस्तै कर्तव्य ज्यान मुद्दामा सजाय पाइ कारागारमा रहेका तनहुँको भानु नगरपालिका–६ का सुक बहादुर नेपाली, खुन–डाँका मुद्दाका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दाका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपालीको पनि कैदा मिनाह भएको पौडेलले जानकारी दिनुभयो ।
यस्तै कैदा माफी मिनाह हुनेमा कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापा मगर, चोरी मुद्दामा सजाय काटिरहेका काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ का संजित बहादुर बाग्दास र चोरी मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेको पौडेलले बताउनुभयो ।