मकवानपुरगढी– मकवानपुरगढी गाउँकार्यपालिकाले पुर्णता पाएकाे छ । शुक्रबार गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सर्बसम्मत चयन भएसंगै कार्यपालिकाले पुर्णता पाएकाे हाे ।

कार्यपालिका सदस्यमा नेपाली काँग्रेसबाट ४ जना नेकपा एमालेबाट १ जना र माओबादी केन्द्रबाट १ जना सर्बसम्मत चयन भएका छन् । कार्यपालिका सदस्यमा चयन हुनेहरुमा नेपाली काँग्रेसबाट पातली माया गोले, फुलमाया टुप्पा, नन्द कुमारी बिश्वकर्मा (सुनार) र साबित्री बिश्वकर्मा, नेकपा एमालेबाट मन्जु कुमारी गोले योन्जन, तथा नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिश्वकर्मा (केशव) रहेका छन् । कार्यपालिका सदस्यमा सर्ब सम्मत चयन भएका सदस्यहरुलाई निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले प्रमाणपत्र बितरण गर्नु भयो भने मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले सपथग्रहण गराउनु भएको छ ।

सपथग्रहण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, नेपाली काग्रेस मकवानपुर गढी गाउँपालिका सभापति राजबिर मोक्तान लगायत गाउँपालिका कार्यालयका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । आजै निर्बाचनमा खटिने निर्बाचन अधिकृतको कार्यालयका कर्मचारीहरु, सुरक्षा कर्मी लगायतलाई बिदाई पनि गरिएको छ ।