‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ आज ११ औँ राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । हरेक वर्ष असाेज १ गतेका दिन याे दिवस मनाइन्छ ।
नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवस मनाउन थालेको हो ।
राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थी लगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।