हेटौंडा । सहिद सप्ताह कार्यक्रम अन्तरगत आइतबार आयाेजित “बालश्रम, बालशोषण, बालहिंसा अन्त्य गर्नुमा बालबालिकाको भुमिका“ बिषयक बक्तृत्वकला प्रतियाेगितामा अजेस अधिकारी प्रथम हुनुभएकाे छ । वडा स्तरीय बाल समूह सन्जालको आयोजना तथा ११ नम्बर वडा कार्यालय र सहिद स्मारक बिकास समितिको समन्वयमा आयोजित वडा स्तरिय प्रतियाेगितामा अधिकारी प्रथम हुनु भएकाे हाे ।

वडाका २५ जना बालबालिकाकाे सहभागिता रहेकाे प्रतियाेगितामा आचल सुवेदी दोस्रो, सायना सपकोटा तेस्रो हुनुभयो । भने, सृष्टि उप्रेती सान्त्वना हुनुभएको छ । उहाँहरुले क्रमशः प्रथम हुनेले ५ हजार, दाेस्राे हुनेले ३ हजार तथा तेस्रो र सान्त्वनाहुने नगद २/२ हजार नगद पुरस्कार प्राप्त गर्नुभयाे । प्रतियाेगितामा बिजेताहरुलाई सहिद स्मारक बिकास समितिका सचीव रघुनाथ खुलालले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएकाे थियाे । बक्त्तृवकलाकाे निर्णयकमा आरती पाठक, अर्पण पराजुली र माया लामा रहनुभएको थियो ।
सहिद सप्ताह अन्तरगत पहिलो दिन माघ १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहितको पार्कको उद्घाटन गरिएको थियो । भने, माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् । १३ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको सहिद स्मारक बिकास समितिका सचीव खुलालले जानकारी दिनुभयो ।
साप्ताहिक कार्यक्रम अन्तरगत भाेली माघ १५ गते सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो । १५ गते हुने साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्कालगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएकाे छ ।