सांकेतिक तस्विर

निशा गुरुङ/हेटौंडा

हेटौंडा– हेटौंडामा दशैका लागि खसी बोकाको बिक्रीमा अघिल्लो वर्षहरुको तुलनामा कमी आएको छ । कोरोना माहामारीले आर्थिक क्षेत्रमा पारेको प्रभावका कारण हेटौंडा स्थित खसी बजारमा अघिल्लो वर्षको तुलनामा निकै कम मानिस पुगेका कारण खसी वोका बिक्रीमा कमी आएको हो ।
खसी बोका बिक्रीमा कमी आउँदा कृषक भने निराश भएका छन् । हेटौंडा उपमहानगरपालिका—१९ का विरमान लामा १५ वटा खसी बोका विक्री गर्न बसपार्क स्थित खसी बजारमा आउनुभएको थियो । तर, उहाँको खसी बोका कसैले पनि खरीद नगर्दा उहाँ निरास हुनुभयो । अघिल्लो वर्षहरुमा ल्याउन नपाउँदै खसी बोका विक्रि भईसक्थ्यो तर, अहिले विक्रि हुन निकै मुस्किल परेको उहाँले वताउनुभयो । विहानदेखि खसी बोका विक्रि गर्न आउनुभएका उहाँको दिनभरी बस्दा पनि व्यापार हुन सकेन । विगतका वर्षाहरुमा दशैको पुर्वासन्ध्यामा हेटौंडाको बसपार्कमा खसी बोका विक्री वितरण गर्नेको भिड हुन्थ्यो । तर, अहिले कोरोना महामारीले गर्दा खसी बोकाको व्यापार सन्तोषजनक हुन सकेको छैन ।
हेटौंडा १० स्थित बस्पार्कमा रहेको खसी बोका बाख्रा बजारमा गत वर्षको जस्तौ चहल पहल छैन । गत वर्ष दैनिक ४ सय देखि ५ सय सम्म खशि बोका विक्रि हुन्थ्यो भने अहिले दिनमा डेढ सय सम्म पनि विक्रि हुन नसेको खशि बोका बाख्रा बजारका व्यवस्थापक राजु कुमार महर्जनले जानकारी दिनुभयो । खसी बोका लिन जनकपुर, काठ्माण्डौबाट आउने गरेको व्यापारी अहिले कोरोनाको भाईरसको त्रासले गर्दा आउन नसक्दा व्यापार हुन नसकेको महर्जनको ठम्याई छ । वसपार्कमा हेटौंडाकाकै स्थानियहरुले मात्र खसी बोका खरिद गरेको भन्दै खसी वोका विक्रि नहुँदा किशानमा निरास छाएको उहाँले बताउनुभयो ।
हेटौंडामा बाहिराबाट आउने व्यापारीहरुबाट नै मुख्य व्यापार हुने गरेकोमा अहिले बाहिरका व्यापारी आउन नसक्दा व्यापार हुन नसकेको स्थानीय व्यापारीहरु वताउँछन । यता सरकारी स्वामित्वमा सन्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पेरेशनले पनि यो वर्ष दशैँकालागि मकवानपुरबाट १ हजार मात्र खसी तथा बोका उपत्याका लाने भएको छ । पहिले पहिले तीन हजार खसीबोका लाने गरिएको भए पनि यो वर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र लान लागिएको र माग बढ्यो भने आवश्यकता अनुसार पछि थप गर्ने कम्पनीका प्रमुख खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।