file photo

इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा हुने भएको छ । अक्सन हुने स्थानबारे आईपीएलले आइतबार ‘एक्स’ मार्फत जानकारी दिएको हो ।
दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’ अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरेका थिए । आईपीएलमा १० फ्रेन्चाइजीले कुल ७७ खेलाडी लिन बाँकी छ ।
शुक्रबार आईपीएलले सबै फ्रेन्चाइजीलाई एक हजार १६६ खेलाडीको सूची बुझाएको छ, जो आईपीएलमा लिलामीका लागि आफ्नो नाम दर्ता गराएका छन् । तीमध्ये एसोसिएट देशका ४५ खेलाडी छन् ।