मकवानपुर – मकवानपुरमा पहिलो चरणमा ६ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा ६ हजार २७० जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन ।
बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालका अनुसार जिल्लाको ५ स्थानीय तह, जिल्ला प्रशासन कार्यलय मकवानपुर र बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडामा गएको मंसिर १७ गते देखि पुस २ गतेसम्म पहिलो चरणमा ६ हजार २ सय २० जनाले मतदाता नामावलीमा नाम दता गराएका हुन । पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा १ हजार ३२१ जना,मनहरीमा १ हजार २४४ जना,मकवानपुरगढीमा १ हजार ९९ जना,इन्द्रसरोबरमा ६ सय ३८ जना र भीमफेदी गाउँपालिकामा ४ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले जानकारी दिनु भयो ।
त्यस्तै बागमती प्रदेश निर्वाचन कार्यलयबाट ९ सय ९१ जना, जिल्ला प्रशासन कार्यलयबाट ३ सय ७६ जना र बाह्य जिल्ला दर्ता (ओडिआर) बाट १ सय ९६ जनाले दर्ता गराएको सूचना अधिकारी ढकालले बताउनुभयो ।
ढकालका अनुसार अहिले दोस्रो चरण अन्तर्गत पुस ५ बाट जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकामा मतदाता नामावली संकलन कार्य भईरहेको छ। ढकालका अनुसार उक्त स्थानीय तहमा माघ ५ गतेसम्म संकलन कार्य जारी रहने छ ।जिल्ला प्रशासन कार्यलय मकवानपुर र निर्वाचन कार्यलयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने अधिकारीले बताउनुभयो । १६ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरुले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यलयले मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएकाहरूलाई स्थानीय तहमै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।