मकवानपुर । बागमती प्रदेशसभाको बस्दै शनिबार (आज) बस्दैछ । यसअघि शुक्रबार दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आज बिहान ११ः०० बजेका लागि सारिएकाे हाे । सचिवालयका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने र शनिबारका लागि बैठक बोलाउन निर्देशन दिनुभएकाे थियाे । सोही अनुसार सचिवालयले सूचना जारी गरेर बैठक सारेकाे सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताउनुभयाे ।
प्रदेशसभा सचिवालयका अनुसार आजकाे बैठकमा विशेष समय र पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेकाे छ । आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विद्येयकहरुलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । सचिवालयका अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८०, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने छ । यसअघि भदौ २४ गते बसेको प्रदेशसभा बैठकमा सो विधेयकहरू पेस भई सैद्धान्तिक छलफल भएको थियो । यस्तै आजकाे बैठकमा शोक सभा समेत रहने प्रवक्ता गुप्ताले बताउनुभयाे । संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन प्रती शोक प्रस्ताव पारित गर्दै आजको बैठक स्थगित हुने उहाँले बताउनुभयाे ।