एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल फेरि रोकिएको छ । खेल रोकिनुअघि भारतले ११ ओभर २ बलमा ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् ।
रोहित आउट हुनुअघि पनि वर्षाको कारण खेल रोकिएको थियो । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।
श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो । एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।