एसिया कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई १ सय ६५ रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काकाे पेल्लेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेश ४२ ओभर ४ बलमा १ सय ६४ रनमा अलआउट भयाे । बङ्गलादेशका लागि नजमुल हाेसेन शान्ताेले सर्वाधिक ८९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका मथीशा पथिरनाले ४ र महीश थीकशनाले २ विकेट लिए ।