मकवानपुर । बागमती प्रदेशका स्वास्थ मन्त्री उत्तम जोशीले आफ्नो कार्यकालको एकसय दिनको उपलब्धी सार्वजनिक गर्नुभएको छ । गत जेठ ७ गते पदभार ग्रहण गर्नु भएका मन्त्री जोशीले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रदेशको १३ जिल्लामा यसबीचमा गर्नुभएका काम र उपलब्धिहरु सार्वजनिक गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री जोशीले एकसय दिनमा महत्वपूर्ण निर्णय, मुख्य मुख्य उपलब्धि र महत्वपूर्ण कार्यक्रमहरू भएको बताउनुभयो । यसबीचमा मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा इकाइको रुपमा विस्तार गरी हालसम्म ६२३ जना लाई सेवा प्रदान गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट बकुलहर अस्पताल, चितवन, रामेछाप अस्पताल, रामेछाप, चौतरा अस्पताल, सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलगाई स्मृति अस्पताल, दोलखा र रसुवा अस्पताल, रसुवा गरी ७ वटा अस्पतालहरुमा शव वहान वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २५ लाख बराबरको एन्टी हेमोफेलिक फ्याकटर वितरण गरिएको जनाएको छ ।
यसैगरी अति आवश्यक निशुल्क औषधीहरु स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बागमती प्रदेशका १३ वटै अस्पताल र स्वास्थ्य कार्यालयमार्फत स्थानिय तहमा वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाको परिसरमा बायोमेडिकल इकिप्मेन्ट वर्कसप स्थापना गरिएको, स्वास्थ्य तालिम केन्द्रमार्फत ८३१ जना चिकित्सकलगायत अन्य स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य तालिम प्रदान गरिनुको साथै २६ जना स्वास्थ्यकर्मीहरुलाई सर्पदंश उपचार व्यवस्थापन सम्बन्धी तालिम दिइएको जनाएको छ ।
यस्तो छ एकसय दिनको कार्य प्रगति विवरणः