एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।
२४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए । अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।