मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभएको छ । मंगलबार जगदगुरुत्म दिवशका अवसरका हेटौंडामा आयोजित बृहत नगरसंकीर्तन (नगरपरिक्रमा) कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले नेपाल बहुधार्मीक मुलुक भएकाले याहाँका सबै धर्मको सम्मान हुनु पर्ने बताउनुभएको हो ।

उहाँले एकले अर्काको धर्म संस्कृतिको सम्मान गर्नु नै नेपालको पहिचान भएको समेत बताउनुभयो । बैष्णव धर्म गुरु कृपालु महाराजको जन्मदिनको अवसरमा आयोजित नगरसंकीर्तन हेटौंडाको पशुपति मन्दिरबाट सुरु भएर हेटौंडा परिक्रमा गर्दै सानोपोखरा चोकमा पुगेर समापन भएको थियो ।