मकवानपुर – मकवानपुरको बिकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । बिहीबार बसेको १२ओैं गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको हो ।
नीति कार्यक्रम सार्वजनीक गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले विगतको नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी वर्ष थप केही कार्यक्रमहरु समटदै आत्मनिर्भर, समुन्नत र समृद्ध कैलाशको सपना साकार गर्दै लैजाने नीति लिईने बताउनु भएको छ । उहाँले आगामी आवमा भूमि बैँक, एकीकृत सहकारी विकास, समुदाय र वस्ती स्तरमै बाल अधिकार अभिमुखीकरण, प्रविधिमैतृ शिक्षक, विद्यार्थी र शैक्षिणिक कृयाकलाप, आयुर्वेद विकासको नीति र प्राकृतिक जडिबुटी विकास तथा तिनको उचित प्रयोगबाट लाभ लिने नीति लिईने बताउनुभयो ।
त्यस्तै कृषिमा प्रयोग हुँदै आएको विषादी न्यूनिकरण, विद्यालय र गाउँस्तरमै जङ्क फुड(कवाडी खाना) र सार्वजनिक स्वास्थ्यमा असर पुर्याउने वस्तुहरुको प्रयोग न्युनीकरण, गाउँ पालिका डिजिटल प्रोफाइल निर्माण र एकीकृत विकास नीतिलाई उच्च प्राथमिकता दिने, ठेक्का संझौतागरी समयमा काम संपन्न नगर्ने र विकाश आयोजनाहरुलाई अलपत्रपार्ने निमार्ण व्यवसायीहरुलाई समयमै काम संपन्न गर्न लगाउने कानुनी नीति र उत्कृष्ट कार्यसंपादन गर्ने निर्माण व्यवसायीहरुलाई पुरस्कारको व्यवस्था गरिने उल्लेख गर्नुभयो । यस्तै उहाँले असारे विकाशलाई निरुत्सायी गरी समयसापेक्ष रुपमा विकाश निर्माणका कार्यहरु गर्ने गराउने साथै शहिद परिवारको लागी जीवीकोपार्जन सहित विशेष सम्मान कार्यक्रम थालनी गर्ने उल्लेख गर्नुभएको छ ।

(पुर्णपाठ)