फाइल तस्विर

आज थप २ सय ८९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५७ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र झापाका १ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ४ जना, र उपयपुरका १ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, नवलपरासीका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना र रुपन्देहीका ७ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ३ जना र बर्दियाका १ जना, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका २५ जना, जाजरकोटका ३ जना र सुर्खेतका ९ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १ जना, कैलालीका १२ जना, कन्चनपुरका २ जना र डडेलधुराका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १० जना र कपिलवस्तुका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका १६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जना, नुवाकोटका १ जना, रौतहटका ५३ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका २ जना, उदयपुरका ३ जना र सिराहाका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ७२ जिल्लाका ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ९० जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ६ सय ७४ पुगेको छ । मन्त्रालयका अनुसार आज थप २ जना महिला र ८८ जना पुरुष कोरोना मुक्त भएका छन् ।  

आज कोशी अस्पतालबाट ६ जना, कोराना विषेश अस्पताल जनकपुरबाट ३७ जना युनिफाईड कोभिड १९ अस्पताल बलब्बुबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना, सिराहा अस्पतालबाट २० जना र कोरोना विषेश अस्पताल दाङबाट ७ जना कोरोना मुक्त भई घर फर्किएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । नेपालमा हाल सम्म जम्मा ५ सय ९५ जना पुरुष र ७९ जना महिला जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।