मकवानपुर– ३ नम्बर प्रदेशको राजधानी र नाम प्रदेश राजपत्रमा प्रकाशित भएको छ । आईतबार प्रदेश सभाबाट घोषणा भएको प्रदेशको राजधानी र नाम प्रदेश सरकारले साँझ राजपत्रमा प्रकाशन गरेको हो ।

प्रदेश सभामा आज भएको प्रस्तावमा हेटौंडाको पक्षमा दुई तिहाइ भन्दा बढी मतले राजधानी हेटौंडा कायम भएको हो । आइतबार विहान भएको मतदानमा हेटौंडाको पक्षमा एक सय ५ मत खसेको थियो । प्रदेश सभामा १ सय १० जना प्रदेश सभा सदस्य रहेको छ । जसमध्ये आज एक सय ८ जना सदस्यको उपस्थिती रहेको थियो । हेटौंडा राजधानी हुन्न भन्ने पक्षमा ३ मत परेको थियो । काभ्रेपलाञ्चोकको धुलिखेल र मकवानपुरको हेटौंडा राजधानीको लागि प्रदेश सभामा नाम दर्ता गरिएको थियो । धुलिखेलको पक्षमा ३ मत भएकोले दुई तिहाई नपुगेकोले अस्विकृत भएको थियो । प्रदेशको बागमती नामको बिषयमा भने बिपक्षमा कुनै नाम नै प्रश्ताव पेश नभएका कारण तीन नम्बर प्रदेश बागमती प्रदेशका रुपमा रुपान्तरण भएको हो ।