मकवानपुर– ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा कायम भएको खुसीयाली आईतबार बेलुकी मकवानपुर जिल्लाभरी दिपावली गरिएको छ । ३ नम्बर प्रदेश सभाबाट आइएतबार प्रदेशको राजधानी हेटौंडा र नाम वागमति सर्वसम्मतले घोषणा भएपछि जिल्लाबासीले साँझ चोक–चोकमा दिपावली गरेका हुन् ।
राजधानी कायम भएको उपलक्ष्यमा हेटौंडाका १९ वटै वडा कार्यालयलगायत विभिन्न संघ÷सस्ंथा, टोलविकासलगायत व्यत्तिःगत रुपमा समेत दिपावली गरेका छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तह एवम् जिल्लाबासी सबैले दिपावली गरेका छन् । हेटाैंडा–९ नम्बर वडा कार्यालयद्धारा आयोजित दिप प्रज्वलन कार्यक्रममा जिल्ल समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले राजधानी कायम भएको प्रति खुसी व्यक्त गर्दै राजधानीबासीको दाईत्व समेत बढेको बताउनुभएको छ । दाईत्वलाई पुरा गर्न मकवानपुर बासी प्रतिवद्ध भएको समेत उहाँले बताउनुभएको छ । राजधानी कायम भएको खुसीयामा आईतबार साँझ हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन भइरहेका छन् ।

फाेटाे–फिचर