हेटौंडा – हेटौंडामा आईतबार साँझ ग्यास सिलिण्डर पड्किँदा घरमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोल स्थित पानसुके चोकमा ग्यास सिलिण्डर पड्किँदा घरमा आगलागी भएको हो । सिलिण्डर पड्किँदा एक जना घाईते भएका छन् ।
उपमहानगरपालिकाको बारुण यन्त्र घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।