हेटौंडा । हेटौंडाको रिलायन्स इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बाग्मति प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ “लाइफ टाइम अचिभमेण्ट अवार्ड“ द्वारा सम्मानित हुनुभएको छ । एक्जिटो (Exito) एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२३ अन्तर्गत श्रेष्ठलाई “लाइफ टाइम अचिभमेण्ट अवार्डद्धारा सम्मानित गरिएको हो ।
एक्जिटोले सर्वेक्षण गरेका नेपालका ५०० भन्दा बढी मोण्टेश्वरी, विद्यालय एवम् कलेजहरू मध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका विद्यालय तथा कलेजका संस्थापक, सञ्चालक एवम् प्राचार्यहरूलाई १२ वटा विधामा पुरस्कार तथा सम्मान गरेको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी लिंकन यूनिभर्सिटीका कुलपति दातुक प्रोफेसर डा. एचजेएच विबी फ्लोरिना अब्दुल्लाह र एक्जिटो एजुकेशन अष्ट्रेलियाका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गर्नु भएको हो ।
सिंगापुर र मलेसियामा आयोजित उक्त अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा लिंकन विश्वविद्यालयका कुलपति दातुक प्रोफेसर डाक्टर एचजेएच विबी फ्लोरिना अब्दुल्लाहको प्रमुख आतिथ्यता र मलेसियाका राजदुत दातो महामहिम डाक्टर मोहम्मद युसुफ ए बकारको विशेष आतिथ्यता रहेको थियो । यस कार्यक्रमलाई अनुजा मेडियाले संयोजन गरेको थियो । कार्यक्रम अवधिमा सिंगापुरको लोटस ब्रिज इण्टरनेशनल स्कुल र मलेसियाको लिंकन यूनिभर्सिटी कलेजले पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरिएको थियो ।